माधव नेपाल गुटको बैठक गोरुजात्रा : सूर्य थापा

नेकपा एमालेका नेता सूर्य थापाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आज बोलाएको केन्द्रीय कमिटी बैठक गोरुजात्रा भएको बताएका छन् । 

थापाले सामाजिक सञ्जालमार्फत नेपाल गुटको बैठक गाइजात्रा पनि नभएर गोरुजात्रा भएको बताएका हुन् । उनले नेपाल समूहले आफ्नै रटानविरुद्ध गारुजात्रामा उत्रिएको बताए । 

थापाले संविधान, कानुन, विधि, पद्धति र विधानको रट लगाएर नथाक्ने नेताले नै पार्टीको विधानविपरीत केन्द्रीय कमिटीको भन्दै गुटको बैठक राखेकाले गोरुजात्रा भएको ठोकुवा गरेका छन् । 

थापा लेख्छन्, ‘माधव कु. नेपालको विधि, पद्दतिको रटानविपरीत यसो गर्न किमार्थ मिल्दैन। खासमा यसो गर्नु गाईजात्रा नभएर गोरूजात्रा नै हुन्छ ।’

 





  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार १२:१२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया