राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु हुँदै

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको बन्द प्रशिक्षण बिहीबार (आज) बाट सुरु हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आगामी सेप्टेम्बरमा हुन लागेको ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजका लागि टोलीले बन्द प्रशिक्षण सुरु गर्न लागेको जानकारी दिएको हो ।

क्यानका अनुसार बन्द प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे तीन बजेदेखि ५ बजेसम्म हुनेछ । बन्द प्रशिक्षणमा १९ खेलाडीलाई बोलाइएको छ ।

सिरिजमा नेपाल ४ खेलबाट समान २-२ जित र हारको नतिजा सहित ४ अंक जोडेर नेपाल छैटौँ स्थानमा छ । 

ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष रहँदा अमेरिका १२ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा छ । 

बन्द प्रशिक्षणमा परेका खेलाडी



ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषवाकर, विनोद भण्डारी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, करण केसी, सोमपाल कामी, कमल सिंह ऐरी, अविनाश बोहोरा, पवन सरार्फ, रोहित कुमार पौडेल, साहब आलम, आसिफ शेख, सुशन भारी, विक्रम सोब, कुशल मल्ल र गुल्सन झा 


 



  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार १२:५९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया