लियाेनल मेस्सीले बार्सिलाेना छाड्ने पक्का

स्पेनिस क्बल बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले क्बल छाड्ने पक्का भएको छ ।

बार्सिलोनाले बिहीबार आफ्ना कप्तानसँग नयाँ सम्झौता हुने नसकेको जानकारी गराएको हो । 

बार्सिलोनाले ला-लिगाको वित्तीय संरचनाको कानुनी अड्चनका कारण मेस्सीसँग सम्झौता नवीकरण गर्न नसकिएको बताएको छ ।

गत जुन ३० देखि क्लब विहीन बनेका मेस्सी र बार्सिलोनाबीच पाँच वर्षको नयाँ सम्झौता हुने चर्चा गरिएको थियो । 

यसका लागि दुवै पक्ष सहमत भएका पनि थिए तर ला-लिगाको नयाँ वित्तीय नियम अनुसार यो सम्भव हुन सकेन ।

सन् २००४ देखि बार्सिलोनाको सिनियर टोलीका लागि खेल्दै आएका ३४ वर्षीय मेस्सी अब फ्रि ट्रान्सफरमा अन्य क्लबमा जान सक्नेछन् । 



बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले क्लबका लागि ७७८ खेलमा ६७२ गोल गरेका छन् । उनले क्लबलाई १० ला-लिगा, ७ कोपा डेल रे, ४ च्याम्पियन्स लिग लगायतका थुप्रै उपाधि दिलाएका छन् ।

मेस्सीले बार्सिलोनामै रहँदा ६ बलुन डी’ ओर लगायतका धेरै व्यक्तिगत अवार्ड पनि हात पारे । 
 



  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार ६:५२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया