टाइगर र कृतिकाे अभिनय रहने चलचित्र ‘गणपत’ अक्टुबरबाट छायांकनमा जाने

बलिउडकी कलाकार कृति सेनन पछिल्लाे समय निकै चर्चामा आएकी छिन् ।  हालचालै सार्वजनिक भएकाे चलचित्र ‘मिमी’ काे कारण उनी चर्चामा आएकी हुन् । चलचित्र सार्वजनिक भएको छोटो समयमै उनको हातमा अर्को चलचित्र परेको छ । भारतीय मिडियाका अनुसार आगामी अक्टुबरबाट सेनन र टाइगर श्राफको अभिनय रहने चलचित्र ‘गणपत’ छायांकनमा जानेछ । 

हालचाल नै सेननले टाइगर र चलचित्रको छायांकनलाई लिएर कुराकानी गरिसकेकी छिन् । कुराकानीका क्रममा कृतिले भनिन्, ‘अहिले नै हामी कुन तारिखबाट चलचित्रको छायांकनमा जाँदैछाैँ भनी भन्न सक्दिनँ । तर अक्टुबरबाट चलचित्रको छायांकन सुरु हुनेछ ।’

‘मैले चलचित्रमा एक्सन गर्नका लागि कम्मर कसेकी छु । चलचित्रलाई लिएर म निकै रोमान्चित भएकी छु । किनकि म टाइगर श्राफजस्ता कलाकारसँग एक्सन चलचित्रमा काम गर्न गइरहेकी छु । उनले मलाई एक्सन गर्नका लागि भरपूर सहयोग गर्नेछन् ’, सेननले थपिन् । 

चलचित्रमा टाइगरले बक्सरको भूमिका निर्वाह गर्नेछन् । चलचित्र दुई भागमा बन्ने चलचित्र निर्माण टोलीले बताएको छ । चलचित्रलाई विकास बहलले निर्देशन गर्नेछन् । 

 
 





  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार ९:४५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया