बाँकेमा हात्तीको दाँतसहित ३ जना पक्राउ

बाँकेमा हात्तीकाे दाँतसहित ३ जना पक्राउ परेका छन् ।

जिल्लाकाे बैजनाथ गाउँपालिका-६ सम्झना चोकबाट हात्तीकोजस्तो देखिने २ वटा दाँतसहित ३ जना बिहीबार दिउँसो पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा दाङ बबई गाउँपालिका-५ बस्ने ५० वर्षीय दल बहादुर सुनार, बर्दिया बाँसगढी नगरपालिका-३ बस्ने ८५ वर्षीय टिकाराम सुनार र सोही ठाउँ बस्ने ४८ वर्षीय धनबहादुर सुनार रहेका छन् ।

उक्त चोकमा अवैध वन्यजन्तुका अंगको खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा दलबहादुरले बोकेको झोलाभित्र लुकाइ राखेको अवस्थामा उक्त दाह्रा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो

प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरिरहेकाे छ ।





  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार १३:२५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया