सांसद तथा अर्बपति विनोद चौधरीले कोरोना महामारीको जोखिम निरन्तर बढिरहेकाले भौतिक रुपमा सञ्चालन हुने परीक्षा तत्काल रोक्न माग गरेका छन् । चौधरीले सामाजिक सञ्जालमार्फत यस्तो माग गरेका हुन् ।
नेपालसहितका छिमेकी मुलुकमा पनि कोरोना महामारीको जोखिम बढिरहेकाले अहिले अत्यन्तै सावधान र सचेत रहनुपर्ने चौधरीले बताए । यस्तो समयमा परीक्षा गरेर जोखिम लिन नहुने उनको भनाइ छ ।
चौधरीले जीवन रहे पढाइ र परीक्षाका अवसर पछि पनि आउने भन्दै अहिलेका लागि भौतिक परीक्षा स्थगित गर्नुपर्ने बताए । उनले सन्तानको स्वास्थ्यभन्दा ठूलो केही नभएको भन्दै परीक्षा रोक्न माग गरे ।
चौधरी लेख्छन्, ‘भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने निर्णयमा तत्काल पुनर्विचार गरिनु आवश्यक छ, यसमा कत्ति अबेर नगरौँ । आफ्ना सन्तानको स्वास्थ्यभन्दा ठूलो केही छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।