आजदेखि देशभर मास्क अभियान सुरु, साउन २९ सम्म सञ्चालन हुने

आजदेखि देशभर ‘नेपाल मास्क अभियान’  सुरु हुँदैछ । 

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि यस अभियान सुरु गर्ने निर्णय गरेको हो । 

मन्त्रालयले हिजो(शुक्रबार) भर्चुअल पत्रकार सम्मेलन गरी ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ अभियान सुरु गर्ने बताएको थियो । 

सम्मेलनमा बाेल्दै राष्ट्रिय शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले मास्कको महत्व बुझाउने उद्देश्यका साथ अभियान सञ्चालन गर्न लागेको जानकारी दिइन् । 

मास्क अभियानमा ‘म पनि मास्क लगाउँछु, अरूलाई पनि मास्क लगाउन प्रेरित गर्छु’, ‘म जिम्मेवार नेपाली’ लगायतका नारा पनि तयार पारिएको छ । 





  • प्रकाशित मिति : साउन २३, २०७८ शनिबार ८:४०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया