जापानले उपलब्ध गराएकाे एस्ट्राजेनेका खाेप नेपाल आइपुग्याे

जापान सरकारले नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराउने १६ लाख डोज खोपमध्ये पाँच लाख १३ हजार ४२० डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ ।

कतार एयरको विमानबाट शनिबार बिहान साढे ९ बजे खोप भित्रिएको हो । 

नेपालका लागि जापानी राजदूत किकुता युताकाले त्रिभुवन विमानस्थलमा राज्यमन्त्री श्रेष्ठलाई खोप हस्तान्तरण गरेकी छिन् । 

भोलि थप पाँच लाख खोप आउनेछ । अर्को सातासम्म बाँकी रहेका सबै खोप आउन सक्ने सम्भावना रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गत चैतमा भारतबाट आएको कोभिसिल्डको पहिलो डोज लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई एस्ट्राजेनेका खोप लगाउने निर्णय गरिसकेको छ । भारतले थप खोप उपलब्ध नगराउँदा यस्तो निर्णय गरिएको हो । 

सोही निर्णयअनुसार साउन २५ गतेदेखि ज्येष्ठ नागरिकलाई दोस्रो डोजको रूपमा एस्ट्राजेनेका खोप दिइनेछ । 





  • प्रकाशित मिति : साउन २३, २०७८ शनिबार ११:४४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया