अस्पतालमा रगत अभाव भएपछि सुर्खेतमा रक्तदान कार्यक्रम

सुर्खेतमा शनिबार ४२ पिन्ट रगत संकलन गरिएको छ । लायन्स क्लब अफ सुर्खेतले आयोजना गरेको रक्तदान कार्यक्रममा ४२ पिन्ट रगत संकलन भएको हो ।

कोरोनाका कारण अस्पतालमा रगत अभाव भएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष सुन्दरीकुमार पन्तले बताए । 

नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाले प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । बृहत रक्तदान कार्यक्रममा मधुमेह तथा रक्तचाप जाँच र कोभिड १९ सचेतना समेत गरिएको थियोे ।





  • प्रकाशित मिति : साउन २३, २०७८ शनिबार १२:४६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया