फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)ले अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीका लागि २ वर्षको प्रस्ताव राखेको छ ।
स्पेनिस क्लब बार्सिलोनासँगको सम्झौता नवीकरण गर्न नसकेका मेस्सीका लागि पिएसजीले वार्षिक ३५ मिलियन युरो तलबसहित प्रस्ताव गरेको हो ।
पिएसजीले तलबमा केही रकम थप्न सकिने तथा थप १ वर्ष सम्झौता लम्ब्याउन सकिने सर्त पनि अघि सारेको छ ।
मेस्सी र उनका एजेन्ट तथा बुबा जर्ज मेस्सी पिएसजीको आधिकारिक प्रस्तावको पर्खाइमा रहेको बताइएको छ ।
पिएसजीको प्रस्तावप्रति सकारात्मक देखिएका मेस्सी र क्लबबीच यही साताभित्र औपचारिक रुपमा सम्झौता हुने सम्भावना बढेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।