सामाजिक सञ्जालमार्फत देउवाको अपिल : तेस्रो लहर आउँदैछ, थप सावधानी अपनाऔँ

प्रधानमन्त्री शेर बहादुर देउवाले कोरोना संक्रमणको तेस्रो लहरको उच्च जोखिम रहेकाले आवश्यक सचेतता अपनाउँदै स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्न अपिल गरेका छन् । 

शनिबार समाजिक सञ्जालमार्फत भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना संक्रमणबाट बच्नका लागि सरकारले जारी गरेको सुरक्षा मापदण्डलाई पालना गर्न आग्रह गरेका हुन् । 

भिडियो सम्बोधन मार्फत प्रधानमन्त्री देउवाले सरकार जनताको स्वास्थ्यप्रति सचेत रहेको बताए । उनले कोरोना विरुद्धको खोप अभियान चलिरहेको र सबै नागरिकलाई खोप लगाउने सरकारको अभियान रहेको बताए । 

देउवाले खोप केन्द्रमा जाँदा पनि सामाजिक दूरी पालना गर्न तथा अनावश्यक समयमा घरबाहिर नडुल्न आग्रह गरेका छन् । उनले अत्यावश्यक समयमा मात्रै घरबाहिर हिँड्न भन्दै भीडभाडमा नजान पनि आग्रह गरेका छन् । 

 





  • प्रकाशित मिति : साउन २३, २०७८ शनिबार १६:४५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया