मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहको मृत्यु भएको भन्दै विज्ञप्ति निकालेर अफवाह फैलाउनेविरुद्ध साइबर अपराधको मुद्दा लगाइने भएको छ ।
आज दिउँसो देखि सुर्खेतमा एक समूहले सामाजिक सन्जालमा सिंहको मृत्यु भएको भन्दै विश्वविद्यालयको लेटर प्याड र छापको दुरुपयोग गरेर एक विज्ञप्ति निकालेको थियो ।
विश्वविद्यालयकै लेटरप्याड प्रयोग गरी निकालिएको विज्ञप्तिमा भनिएको छ, 'विश्वविद्यालयमा कार्यरत उपकुलपति प्राडा सिंहको अण्डकोषमा बिरालोले टोकेका कारण उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लग्ने क्रममा मृत्यु भएको छ । हामी विश्वविद्यालय प्रशासन साह्रै चिन्तित छौँ । उपकुलपतिको दाहसंस्कार उहाँकै जन्मस्थल कालीकोट नै गरिने छ ।'
यसले सिङ्गो विश्वविद्यालयको मानमर्दन मात्र नभई आफ्नो चरित्र हत्या गर्ने काम भएको उपकुलपति प्राडा सिंहले बताए ।
यस्तो काम गर्नेलाई पहिचान गरि कारवाही गरिने उप–प्राध्यापक विष्णुकुमार खड्काले फरकधारलाई बताएका छन् ।
उपकुलपति सिंह, विद्यार्थी तथा प्राध्यापकबिचको द्वन्द्वको कारण यस्तो भएको हुनसक्ने आँकलन गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।