टोकियो ओलम्पिकमा भारतका लागि पहिलो स्वर्ण जितेका निरज चोपडालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । सामाजिक सन्जाल ट्विटरमा बधाई दिएका मोदीले उनलाई पछि फोनमा पनि बधाई दिए ।
भारतीय मिडियाका अनुसार फोनमा मोदीले निरजलाई भनेका छन्, ‘तपाईंले देशलाई खुसी बनाइदिनु भयो ।’
आफूले टोकियोमा स्वर्ण जित्दा सबै भारतीयको आर्शिवाद पाएको निरजले प्रधानमन्त्री मोदीलाई जवाफ दिएका छन् ।
टोकियो ओलम्पिकमा ज्याभलिन थ्रोमा निरजले भारतका लागि पहिलो स्वर्ण जितेका हुन् । उनले स्वर्ण जितेपछि भारतमा यसको निकै ठूलो प्रशंसा भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।