२० वर्ष पालेको कुखुराको भाले मर्‍यो, दाहसँस्कार गरियो

हाम्रो नेपाली समाजमा कहिलेकाहीँ यस्ता घटना हुन्छन् जुन सुरुमा सुन्दा हो र भनिन्छ, पत्याउनै सकिँदैन । तर, यस्ता घटना भइरहेका छन् । 

अब तपाईंले सोच्नुस्, कुखुराको भाले मर्दा कसैले विधिवत् दाहसँस्कार गर्ला भनेर तपाईं पत्याउनुहुन्छ ? 

तर, दाङमा यस्तै भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका पहरुवाका शिव सुवेदीले २० वर्षदेखि पाल्दै आएको कुखुराको भाले मरेपछि उनले यसको दाहसँस्कार गरेका छन् ।

उनले हिन्दु परम्पराअनुसार कुखुराको दाहसँस्कार गरेका हुन् ।

सुवेदीले आफूले भालेलाई परिवारको सदस्यको जस्तै माया गरेर पालेको हुनाले दाहसँस्कार गरेको बताएका छन् । अनि यस्तो कार्यका लागि गाउँले र छरछिमेकको सुझाव पनि पाएको उनले बताएका छन् ।

उनका अनुसार २०—२५ जना मलामीको सहभागितामा भालेको दाहसँस्कार गरिएको हो । स्थानीय चौवा खोलामा लगेर भालेको दाहसँस्कार गरिएको उनले बताएका छन् ।



सुवेदीले दाहसँस्कार मात्र गरेका होइनन्, भाले मरेपछि कपाल खौरिएका छन्, नुन बारेका छन् र सेतो कपडासमेत लगाएका छन् ।



  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार ३:३२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया