जमिनमा व्यक्तिगत स्वामित्व रहेसम्म सुकुम्बासी समस्या समाधान हुँदैन : वामदेव गौतम

नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले जमिनमाथिको व्यक्तिगत स्वामित्व कायम रहेसम्म देशमा सुकुम्बासी समस्या समाधान नहुने बताएका छन् । 

राष्ट्रियसभाको आजको बैठकमा बोल्दै गौतमले सुकुम्बासीको नाममा जमीन वितरण गरेरमात्रै यो समस्या समाधान नहुने बताए । उनले अहिले सुकुम्बासीका नाममा ५ कठ्ठा जग्गा लिएका व्यक्तिले जमीन बेचेर फेरि अर्को वर्ष सुकुम्बासी बन्ने उनले बताए । 

गौतमले विभिन्न सरकारका पालामा सुकुम्बासीलाई जग्गा दिनका लागि आयोगहरू गठन गर्ने र खारेज गर्ने काम हुँदै आएको भन्दै अब पनि पुरानै शैलीमा जग्गा वितरण गरेर सुकुम्बासी समस्या समाधान नहुने बताए । 

गौतमले अहिले सरकारले कृषियोग्य देशभरका सम्पूर्ण जमिनलाई आफ्नो मातहतमा ल्याएर जमिनमाथिको व्यक्तिगत स्वामित्व हटाउनुपर्ने बताए । उनले जमीन व्यक्तिको स्वामित्वमा रहुन्जेल केही पूँजीपतिको हातमा जमीन पुग्ने र बाँकी सुकुम्बासी भइरहने बताए । 

गौतमले सरकारले एकैपटक ठूलो रकमको बैंक ग्यारेन्टीमार्फत खेतीयोग्य सबै जमीन राज्यको स्वामित्वमा ल्याउनुपर्ने बताए । उनले एकपटक सरकारले ठूलो लगानी गरेर जमीन सरकार मातहत ल्याएपछि देशमा विकासको कायापलट ल्याउन सकिने पनि बताए । 





  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार १३:३४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया