दस्तावेज पढ्नका लागि आग्रह गर्दै रवीन्द्र मिश्रले भने, ‘मैले मुस्कुराएरै गाली खाएँ’

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफूले जीवनमा खान बाँकी कुनै गाली नरहेको बताएका छन् । राजनीतिक दस्तावेज सार्वजनिक गरेपछि आफूले खान बाँकी कुनै गाली नभएको उनले बताए । 

मिश्रले सामाजिक सञ्जालमार्फत आफूलाई सामाजिक सञ्जालमा आउन बाँकी कुनै गाली नरहेको बताएका हुन् । उनले सामाजिक सञ्जालमा आफूलाई आएको गाली मुस्कुराएरै ग्रहण गरेको पनि उल्लेख गरेका छन् । 

उनले आफूलाई गाली गर्नेहरुसँग विमति जनाए पनि उनीहरुमाथि गालीगलौजमा नउत्रिनका लागि आफ्ना समर्थकहरुलाई आग्रह गरेका छन् । मिश्र लेख्छन्, ‘मलाई गाली गर्नेहरूसँग विमति जनाए पनि उहाँहरूमाथि अभद्र शब्दहरू प्रयोग नगरिदिन सबै शुभच्छुकलाई हृदयदेखि आग्रह गर्दछु ।’





  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार १४:४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया