राष्ट्रिय सभामा उठ्यो केपी ओलीले भरतमोहन अधिकारीलाई भेट्नै नमानेको प्रसंग

केपी शर्मा ओलीले अर्थमन्त्री भरतमोहन अधिकारीलाई भेट्न समय नदिएको प्रसंग राष्ट्रियसभाका सदस्य डा.खिमलाल देवकोटाले उठाएका छन् ।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै देवकोटाले केही सुझावसहित प्रधानमन्त्रीसँग भेट्न चाहेका अधिकारीको भेट्न अवसर नपाउँदै निधन भएको बताए हुन् । 

ओली प्रधानमन्त्री भएको केही समयपछि अधिकारीलाई भेट्न जाँदा आफूसँग यसबारे गुनासो गरेको देवकोटाले सुनाए । उनका अनुसार ओली प्रधानमन्त्री भएपछि प्र केही सुझावसहित अधिकारीले भेट्न खोजेको तर समय नै नदिएको कुरा सुनाएको देवकोटाले बताए । 

त्यसको केही समयपछि अधिकारीको निधन भयो । उनले प्रधानमन्त्रीसँग भेट्न पाए कि पाएनन् भनी भरत मोहन अधिकारीकी छोरीसँग बुझ्दा जति प्रयास गर्दा पनि भेट्न नभएको जानकारी दिएको देवकोटाको भनाइ छ । 

नेपालमा वृद्ध भत्ता सुरु गर्ने अर्थमन्त्री समेत रहेका अधिकारी सुझावको पोको खुल्नै नपाएको उनले बताए । 

अहिलेको सरकारले त्यसो नगरोस् भन्ने सुझाव उनले दिए । 



‘ओली सरकार कसरी चलेको थियो भन्ने उदाहारण हो यो देवकोटाले भने, ‘यो सरकारले भरत मोहन अधिकारी जस्ता व्यक्तिको सुझावको पोको सुनोस्।’

संयुक्त सरकारको साझा कार्यक्रमबाट बिचलीत नहुने उनले वर्तमान सरकारलाई सुझाव दिए । 



उनले सबै मन्त्रालय र उच्च पदस्थको कार्यकक्षमा सिसी क्यामेरा राखेर त्यसलाई बाहिरबाट हेर्न मिल्ने बनाउनु पर्ने माग समेत राखे । मन्त्रालयको मन्त्री तथा सचिवले गोप्य कोठामा बसेर गरेको काम बाहिर देखाउनु पर्ने माग उनले गरे । 

गुप्त कोठाको काम पारदर्शी नभएकोले त्यसलाई पारदर्शी बनाउन यस्तो व्यवस्था गर्नुपर्ने देवकोटाले बताए । 
 

  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार १४:४८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया