तालिबानले एकैदिन कब्जा गर्‍यो अफगानिस्तानका तीन सहर
फरकधार / २५ साउन, २०७८
तालिबान र अफगान सुरक्षाकर्मीबीच आइतबार भएको भिडन्तमा परी ध्वस्त भएको कुन्दुज सहरको एृक पसल। फोटो सौजन्य ; एपी

अमेरिकी गठबन्धनको सेना बाहिरिएसँगै अफगानिस्तानमा कट्टर इस्लामिक संगठन तालिबानले तीब्र रुपमा प्रभाव विस्तार गरेको छ । 



आइतबार मात्रै तालिबानले तीन प्रान्तीय राजधानी कब्जा गरेको छ । तालिबान लडाकुले आइतबार अफगानिस्तानको कुन्दुज, सर–ए–पुल र तालेक्वान सहरलाई आफ्नो नियन्त्रणमा लिएका हुन् ।  

यससँगै तालिबानले अहिलेसम्म देशका ५ वटा प्रान्तीय राजधानीमा कब्जा गर्न सफल भएका छन् ।  यसअघि शनिबार तालिबानले उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान र शुक्रबार दक्षिण पश्चिमी प्रान्त निमरोजको राजधानी जारान्ज कब्जामा लिएको थियो ।



अमेरिकी गठबन्धनको सेना रहँदा तालिबान समूह ग्रामिण इलाकामा खुम्चिएको थियो । तालिबानले अहिलेको सरकार हटेर सर्व पक्षीय सरकार बनेमा मात्रै हतियार बिसाउने अडान लिँदै आएको छ । 



  • प्रकाशित मिति : साउन २५, २०७८ साेमबार ७:३९:८,   अन्तिम अपडेट : साउन २५, २०७८ साेमबार ७:४१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया