जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले देशमा प्रतिगमनको नयाँ भेरियन्टको खतरा रहेको बताएका छन् । आइतबार राति सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै भट्टराईले पहिलो असंवैधानिक भेरियन्ट पराजित भएपनि दोश्रो संवैधानिक अर्थात अर्ली इलेक्सन भेरिएन्ट आउनसक्ने आशंका व्यक्त गरेका हुन् ।
उनले संविधानको आत्म मार्ने गरी प्रतिगमनको दोस्रो भेरियन्ट आउन सक्ने भएकाले ढुक्क भएर आ–आफ्ना गुटमा नफर्कन आग्रह गरेका छन् ।
‘पहिलोले संविधानको स–शरीर हत्या गर्दै थियो भने दोश्रो चाहिँ संविधानको आत्मा मार्ने गरी आउनसक्छ’ भट्टराईले भनेका छन्, ‘अतः ढुक्क भएर आ–आाफ्ना पार्टी वा गुटतिर नफर्कौं।’
भट्टराईले स्पष्ट नखुलाए पनि एमालेको माधव नेपाल समूहतर्फ इंगित गरेको देखिन्छ। ओलीका संविधान विरोधी कदम पराजित भएको ठानी उनीसँग एकता नगर्न उनले सुझाव दिएको हुनसक्ने पूर्वप्रधानमन्त्री भट्टराईको अभिव्यक्तिले देखाउँछ ।
कोरोना झैं प्रतिगमनको पनि नयॅा भेरिएन्ट आउनसक्छ है! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भएपनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ! पहिलोले संविधानको सशरीर हत्या गर्दैथियो भने दोश्रो चाहिं संविधानको आत्मा मार्नेगरी आउनसक्छ।अत:ढुक्क भएर आआाफ्ना पार्टी वा गुटतिर नफर्कौं!
— Baburam Bhattarai (@brb1954) August 8, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।