एकाबिहानै देउवामाथि यसरी खनिए रामचन्द्र पौडेल
फाइल तस्बिर

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देवाप्रति आक्रोश पोखेका छन् । समयमा महाधिवेशन गराउन नसकेर देउवाले कांग्रेसलाई निर्वाचन आयोगमा भीख माग्नुपर्ने अवस्थामा पुर्याएको आरोप पौडेलले लगाएका छन्।

सोमबार बिहानै आफ्नो फेसबुक पेजमार्फत प्रतिक्रिया दिँदै पौडेलले देउवामाथि आक्रोश पोखेका हुन्।

महाधिवेशनबाट ४ वर्षका लागि निर्वाचित भएकोमा एक वर्ष थप गर्दा पनि महाधिवेशन गर्न नसक्नु नेतृत्वको चरम असफलता भएको पौडेलको आरोप छ । 

‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो’ पौडेलले भनेका छन्’ देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने निरीह अवस्थामा पुर्याइएको छ।’

सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता पुग्नु देशकै बिडम्बना भएको पौडेलले बताएका छन् । 





  • प्रकाशित मिति : साउन २५, २०७८ साेमबार ८:१९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया