पाकिस्तानमा बम विष्फोट : दुई प्रहरीकाे मृत्यु, १२ घाइते

पाकिस्तानको बलुचिस्तान प्रदेशको क्वेटा सहरमा बम विष्फोट हुँदा २ प्रहरीको मृत्यु भएको छ ।

आइतबार बेलुका क्वेटा सहरको प्रख्यात होटल सेरेना नजिकै बम विष्फोट भएको पाकिस्तानी मिडियाले जनाएका छन् । सेरेना होटलमा तीन महिना पहिला पनि आतंकी हमला हुँदा पाँच मानिसको मृत्यु भएको थियो । 

पाकिस्तानी मिडियाका अनुसार प्रहरी भ्यानलाई निशाना बनाइ बम विष्फोट भएको थियो । 

बलुचिस्तान सरकारले बम विष्फोटको बारेमा अनुसन्धान भइरहेको जनाएको छ । सरकारका अनुसार बम मोटरसाइकलमा लुकाएर राखिएको थियो । 

विष्फोटमा परी ८ प्रहरीसहित १२ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको उपचार भइरहेको छ । 

विष्फोटको पछाडि बलुचिस्तान लिबरेसन आर्मीको हात रहेको बताइएको छ ।





  • प्रकाशित मिति : साउन २५, २०७८ साेमबार ९:४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया