भारतीय कलाकार अनुपम श्यामको निधन

भारतीय कलाकार अनुपम श्यामको निधन भएको छ । आइतबार राति ६३ वर्षको उमेरमा श्यामको निधन भएको भारतीय मिडियाले जनाएका छन् । 

श्यामको शारीरिक अवस्था गम्भीर हुँदै गएपछि ६ दिन अगाडि उनलाई मुम्बईको गोरगावस्थित लाइफ लाइन अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । 

डाक्टरहरूले उनको मृत्युको कारण मल्टिपल अर्गान फेलियर बताएका छन् । उनी लामो समयदेखि मृगौलासम्बन्धी समस्याबाट गुज्रिरहेका थिए । 

मनकी आवाज प्रतिज्ञा नामक सिरियलमा सज्जनसिंहकाे भूमिकाबाट उनी निकै चर्चित भएका थिए । धेरैले उनलाई यही सिरियलमार्फत चिनेका थिए ।

टेलिभिजन सोबाट करिअर सुरु गरेका अनुपमले वान्टेड, दुश्मन, सत्या, कच्चे धागे, पानसिंह तमोर, मुन्ना माइकल, रक्तचरित्रजस्ता दर्जनौँ हिट फिल्ममा काम गरेका छन् । यतिमात्र नभइ अनुपमले लिटिल बुद्ध र स्लमडग मिलिनियरजस्ता अन्तर्राष्ट्रिय फिल्ममा पनि काम गरे ।





  • प्रकाशित मिति : साउन २५, २०७८ साेमबार ९:४०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया