पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एमालेको ऐंजेरु कांग्रेसमा सरेको बताएका छन् ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको अभिव्यक्तिमाथि टिप्पणी गर्दै थापाले रामचन्द्र पौडेलको अभिव्यक्तिले कांग्रेसको हालत पनि एमालेको जस्तै हुने दावी गरेका हुन् ।
नेता पौडेलले सोमबार बिहानै आफ्नो फेसबुक पेजमार्फत प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कडा आलोचना गर्दै प्रतिक्रिया दिएका थिए ।
पौडेलले असक्षम देउवा पटक–पटक सत्तामा पुग्नु देशकै बिडम्बना भएको समेत भनेका थिए ।
पौडेलको उक्त प्रतिक्रिया शेयर गर्दै थापाले भनेका छन् ‘एमालेको वृक्षमा ऐंजेरुले दिनु दुःख दियो। तीन वर्षको समय मात्रै बर्बाद भएन,पार्टी नै लथालिङ्ग र तहसनहस हुनपुग्यो। अझै पार्टी पूर्ववत् लयमा फर्केको छैन ऐँजेरु नेपाली काँग्रेसमा सरेको छ।’
उक्त ऐँजेरुले कांग्रेस पार्टी र कांग्रेस नेतृत्वको सरकार दुवै चल्न नदिने दावी थापाले गरेका छन् ।
एमालेकाे वृक्षमा ऐंजेरुले दिनु दु:ख दियाे। तीन बर्षकाे समय मात्रै बर्बाद भएन,पार्टी नै लथालिङ्ग र तहसनहस हुनपुग्याे।अझै पार्टी पूर्ववत् लयमा फर्केकाे छैन।
— Surya Thapa (@ThapajiSurya) August 9, 2021
ऐंजेरु नेपाली काँग्रेसमा सरेकाे छ।अब कठपुतली प्रधानमन्त्रीकाे लाेभमा पारी
त्यसले पार्टी र सरकार दुबै चल्न दिंदैन!
राचपौ उवाच- pic.twitter.com/4a5AiHBOnF
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।