ठमेलमा पौडेल पक्षको जिल्ला सभापति भेला : ४७ जना सहभागी
फाइल तस्बिर

सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बोलाएको जिल्ला सभापति भेलामा बहुमत संख्यामा जिल्ला सभापतिहरू सहभागी भएका छन् । ठमेलमा जारी भेलामा जिल्ला सभापतिहरूको बहुमत संख्या पुगेको हो । 

कांग्रेसको आसन्न महाधिवेशका कारण पार्टीमा तीव्र ध्रुवीकरण भइरहेको छ । संस्थापन पक्षले समयमा महाधिवेशन गराउन नचाहेको भन्दै संस्थापन इतरका वरिष्ठ नेता पौडेल समूहले जिल्ला सभापतिहरूको भेला बोलाएको हो । 

कांग्रेसको १४ औँ महाधिवेशनको मिति घोषणा भइसकेको तर हुने अवस्था नदेखिएपछि परिस्थितिअनुसार आफ्नो रणनीति बनाउन पौडेल पक्षले जिल्ला सभापति भेला बोलाएको हो । पौडेल पक्षले बोलाएको जिल्ला सभापति भेलामा ४७ जिल्लाका सभापतिहरू सहभागी भएका छन् ।

भेलामा सहभागी एक सभापतिका अनुसार जिल्ला सभापति भेलामा भौतिक रुपमा ३५ जिल्लाका सभापतिहरू उपस्थित भएका छन् । १२ जिल्लाका सभापतिले भने अनलाइनमार्फत भर्चुअल उपस्थिति जनाएका छन् । 





  • प्रकाशित मिति : साउन २५, २०७८ साेमबार १२:३६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया