महन्थ ठाकुर अब जसपाको अध्यक्ष रहेनन्

जनता समाजवादी पार्टीले एक जना मात्रै अध्यक्ष रहनेगरी निर्वाचन आयोगमा कार्यकारिणी समितिलाई अद्यावधिक गराएको छ । जसपा विवादमा पार्टीको आधिकारिकता आफ्नो पक्षमा पारेका अध्यक्ष उपेन्द्र यादवले नयाँ समिति अभिलेखीकरण गराएका हुन् । 

जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले समितिलाई ३५ जना सदस्य रहनेगरी अद्यावधिक गराएको हो । सोही बैठकको निर्णयअनुसार आयोगले जसपाको कार्यकारिणी समितिलाई अद्यावधिक गरेको छ । 

अध्यक्ष यादवले पार्टीको कार्यकारिणी समितिलाई आयोगमा अद्यावधिक गराएसँगै अर्का अध्यक्ष महन्थ ठाकुरको पद कानुनतः खारेज भएको छ । अब महन्थ कानुनअनुसार जसपाको अध्यक्ष पदबाट हटेका छन् । 

अध्यक्ष यादवले महन्थसँगै उनको पक्षमा रहेका १६ जना कार्यकारिणी समिति सदस्यहरुको पद पनि खारेज गरिदिएका छन् । अब ठाकुरसँगै राजेन्द्र महतो, सरतसिंह भण्डारी, उमाशंकर अरगरिया लगायतका नेताहरु साधारण सदस्यमा सीमित बनेका छन् । 

तत्कालीन समाजवादी पार्टी र राजपा मिलेर २०७७ वैशाखमा जसपा गठन भएको थियो । जसमा ५१ सदस्यीय कार्यकारिणी समिति सदस्य रहेका थिए । जसमध्ये ३४ जना यादव पक्षमा उभिँदा १६ जना ठाकुर पक्षमा थिए । रेशम चौधरी तटस्थ रहेका थिए । 





  • प्रकाशित मिति : साउन २५, २०७८ साेमबार १५:१०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया