एमाले केन्द्रीय कमिटी बैठक सुरु

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक सुरु भएको हो । 

बैठकले विधान संशोधनका लागि स्थायी समिति बैठकले पारित गरेको प्रस्तावमाथि छलफल गर्नेछ । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकबाट उक्त प्रस्ताव पारित गर्ने तयारी गरेका छन् । 

यसअघि आजै बसेको स्थायी समिति बैठकले अब पार्टीमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुनेगरी विधान संशोधन गर्ने निर्णय गरेको छ । स्थायी समिति बैठकबाट उक्त प्रस्ताव पारित भएको हो । 

स्थायी समिति बैठकमा अब हुने दशौँ महाधिवेशनमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने गरी विधान संशोधनको प्रस्ताव भएको हो । उक्त प्रस्तावलाई स्थायी समितिले पारित गरेर केन्द्रीय कमिटीमा पठाएको छ । 

पारित प्रस्तावअनुसार अब एमालेले अध्यक्ष र महासचिव मात्रै महाधिवेशनबाट निर्वाचित गर्नेछ । बाँकी रहेका पदाधिकारी निर्वाचित सदस्यहरुबाट छनोट गरिने गरी प्रस्तावमा समेटिएको छ । 

पारित प्रस्तावअनुसार अब एमालेले अध्यक्ष र महासचिवसहित २२५ जनाको केन्द्रीय कमिटी महाधिवेशनबाट निर्वाचित गर्नेछ । सोही निर्वाचित कमिटीले बाँकी पदाधिकारी छनोट गर्नेछ । 





  • प्रकाशित मिति : साउन २५, २०७८ साेमबार १५:४६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया