नवलपरासीमा माेटरसाइकलकाे ठक्करबाट प्रहरी निरीक्षककाे मृत्यु

नवलपरासीमा माेटरसाइकलकाे ठक्करबाट प्रहरी निरीक्षककाे मृत्यु भएकाे छ।

जिल्लाकाे बर्दघाटमा साेमबार बेलुका ९ बजे लु १४ प ८७५८ नम्बरकाे माेटरसाइकलले ठक्कर दिँदा प्रहरी निरीक्षक कपिल वाग्लेकाे मृत्यु भएकाे हाे ।

दुर्घटनामा परी गम्भीर घाइते भएका वाग्लेलाई उपचारका लागि तत्कालै भैरहवा मेडिकल कलेज लगिएकाे थियाे । उपचारकै क्रममा गएराति ११ बजे उनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएकाे छ । 

प्रहरीका अनुसार पैदल हिँडिरहेका बेलामा इन्स्पेक्टर वाग्लेलाई माेटरसाइकलले ठक्कर दिएकाे थियाे । 

काठमाडाैं बसुन्धारा घर भएका वाग्ले इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत थिए । 

उनलाई ठक्कर दिने माेटरचालक सुनवल नगरपालिका-१ का दीपेन्द्र पुन पनि गम्भीर घाइते भएका छन् । उनकाे अहिले उपचार चलिरहेकाे प्रहरीले जनाएकाे छ । 
 





  • प्रकाशित मिति : साउन २६, २०७८ मंगलबार ९:२६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया