पहिराे खस्दा महाकाली राजमार्ग अवरुद्ध
फाइल फाेटाे

महाकाली राजमार्ग अवरुद्ध भएकाे छ । 

वर्षाका कारण बैतडीकाे सतबाँझ-गाेकुलेश्वर सडकखन्डकाे धरमघरमा आज बिहान पहिराे खस्दा राजमार्ग अवरुद्ध भएकाे हाे । 

पहिराे हटाउने प्रयास भइरहे पनि वर्षाका कारणले काम प्रभावित बनेकाे छ । 

राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन अलपत्र परेका छन् । 

पहिराे जाँदा महाकाली राजमार्ग लगातार अवरुद्ध हुँदै आइरहेकाे छ । 





  • प्रकाशित मिति : साउन २६, २०७८ मंगलबार ९:४३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया