कसले लगाउला बार्सिलोनामा १० नम्बर जर्सी ?

लियोनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना छाडेपछि ऐतिहासिक १० नम्बर जर्सी खाली भएको छ ।

मेस्सीले बार्सिलोनाका लागि एक दशकभन्दा बढी समय जर्सी नम्बर लगाएर खेले । उनले क्याप नोउ छाडेपछि अब यो जर्सी कसले लगाउला भनी चर्चा सुरु हुन थालेको छ ।

मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) जाने हल्ला चलिरहेको भए पनि आधिकारिक रूपमा यसको पुष्टि भने भइसकेको छैन । 

मेस्सीले जर्सी नम्बर १० लाई विश्व फुटबलमा स्थापित गराउन मद्दत गरेका छन् । त्यसैले अहिले सबैको मनमा यो प्रश्न उठिरहेका छ कि बार्सिलोनामा यो जर्सी कसले लगाउला ? के १० नम्बर जर्सी लगाउनेले मेस्सीको साखलाई जोगाउन सक्ला ? 

बार्सिलोनाले सिजन सुरु हुनुभन्दा अघि जोन गास्पर ट्रफी अन्तर्गत आइतबार युभेन्टस विरुद्धको खेलमा यो जर्सीको प्रयोग गरेन । स्पेनिस खेल पत्रिका मार्काका अनुसार यो सिजन बार्सिलोनाको जर्सी नम्बर १० खाली रहने सम्भावना बढेको छ । 

नयाँ सिजनका लागि फ्रि एजेन्टका रूपमा बार्सिलोना आएका सर्जिओ अगुइरो र मेम्फिस डिपाएलाई क्लबले अरू नै नम्बरको जर्सी दिएको छ ।



युभेन्टस विरुद्धको खेलमा डिपाएले ९ नम्बरको जर्सी लगाउँदा अगुइरोका लागि १९ नम्बरको जर्सी छुट्याइएको थियो । 

१० नम्बरको जर्सीलाई विश्व फुटबल मै विशेष मानिन्छ । बार्सिलोनाले यसको महत्वलाई अझै बढाउन मद्दत गरेको छ । 



मेस्सीअघि बार्सिलोनामा रिभाल्डाे, रोनाल्डिन्हो, डिएगो म्याराडोना जस्ता चर्चित खेलाडीले यो जर्सीको प्रयोग गरेका थिए । 

  • प्रकाशित मिति : साउन २६, २०७८ मंगलबार १३:४४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया