संसदमा ओलीको भाषण सुन्दा बाबुरामलाई याद आयो स्कुलमा पढेको कविता

जनता समाजवादी पार्टी(जसपा) का नेता डा.बाबुराम भट्टराईले संसदमा केपी शर्मा ओलीले गरेको सम्बोधनलाई मूर्खको औषधि नभएको भन्ने टिप्पणी गरेका छन्।

पटक–पटक संविधानको उल्लंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाड बारे न कुनै क्षमायाचना नगरेर ओलीले उल्टै दम्भ देखाएको भट्टराईले बताएका छन्। 

ट्विटरमा लेख्दै उनले भनेका छन् ‘उल्टै जो चोर उसको ठूलो स्वर।’ 

ओलीको आजको संसदको सम्बोधन सुन्दा आफूलाई स्कुलको पाठ्यक्रमको पढेको कविताको याद आएको भट्टराईले बताएका छन् 

‘सबको औषधी दैवले रचिदियो बिर्सेछ कि मूर्खको’ भर्खरै आफ्नै कुकर्मले सत्ताच्युत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो’ भट्टराईले लेखेका छन् ।  

 





  • प्रकाशित मिति : साउन २६, २०७८ मंगलबार १६:१९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया