कर्मचारीमा काेराेना पुष्टि भएपछि प्रशासनकाे सेवा बन्द

जिल्ला प्रशासन कार्यालय  साेलुखुम्बुमा कार्यरत दुई कर्मचारीमा काेराेना संक्रमण पुष्टि भएपछि प्रशासनकाे सेवा बन्द गरिएकाे छ । 

साउन २७ गतेदेखि भदाै १ गतेसम्म सुरक्षा र मुद्दाबाहेकका अन्य सम्पूर्ण सेवा बन्द भएकाे प्रशासनले जनाएकाे छ । 

प्रशासनले अन्य शाखाका कर्मचारीमा पनि लक्षण देखिएकाले परीक्षण गर्ने बताएकाे छ । प्रशासनका अनुसार निषेधाज्ञा खुकुलाे भएसँगै कार्यालयमा भीड बढ्दै गइरहेकाे छ।

प्रशासन कार्यालयसँगै मालपाेत कार्यालयकाे पनि सेवा बन्द गरिएकाे छ । मालपाेत कार्यालयमा कार्यरत दुई कर्मचारीमा संक्रमण पुष्टि भएपछि साउन २२ गते एक सूचना जारी गरी साउन ३१ गतेसम्म सबै सेवा बन्द गरिएकाे जनाएकाे छ । 

साेलुखुम्बुमा हालसम्म एक हजार ७०७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने १३ जनाको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार ८:९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया