राष्ट्रियसभाकाे बैठक बस्दै, यस्ताे छ कार्यसूची

राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ । 

बैठक नयाँ बानेश्वरमा दिउँसो एक बजे बस्ने संसद सचिवालयले जनाएकाे छ ।

आजकाे बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ माथि विचार गरियाेस् भन्ने प्रस्ताव पेश गरिनेछ । 

विधायन व्यवस्थापन समितिकाे प्रतिवेदन सहितकाे रेल्वे विधेयक, २०७६ छलफलर र रेल्वे विधेयक, २०७८ पारितका लागि प्रस्ताव प्रस्तुत हुने सचिवालयले जनाएकाे छ ।

यसै गरी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको प्रत्यायन (एक्रिडिटेसन) विधेयक, २०७६ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरिदैँछ । यस्तै प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेकाे छ ।





  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार ९:२७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया