प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री पोखरेलले बुझाए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख कार्यालयमा पुगेर राजीनामा दिएका हुन् । 

एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले फरकधारलाई दिएको जानकारी अनुसार पोखरेलले प्रदेश प्रमुख कार्यालयमा पुगेर राजीनामा दिएका हुन् ।

विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेर प्रदेशसभाको विशेष अधिवेशन बोलाएपछि पोखरेलले राजीनामा दिएका हुन् । 

विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।

प्रदेशसभामा हाल ८० जना सांसद बहाल छन् । जसमध्ये मुख्यमन्त्री पोखरेललाई बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । उनीसँग एमालेका ३८ सांसद छन् ।

विपक्षी गठबन्धनसँग कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जसपाका ३ र जनमोर्चाका १ गरी बहुमत सांसद छन् ।





  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार १३:२८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया