अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले निकालेको टि-२० वरियतामा नेपालका ४ खेलाडी अटाएका छन् ।
आइसिसीको वरियताको ब्याटिङतर्फ कुशल भुर्तेल, कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्का तथा बलिङतर्फ सन्दीप लामिछाने अटाएका हुन् ।
आइसिसीको नयाँ वरियतामा ज्ञानेन्द्र र पारसले सुधार गर्दा कुशल र सन्दीप यथास्थानमा छन् ।
कुशल ४४२ रेटिङ प्वाइन्टका साथ ६० औँ स्थानमा यथावत रहँदा ज्ञानेन्द्र ३ स्थान सुधार गर्दै ९४ र पारस ४ स्थान सुधार गर्दै ९० औँ स्थानमा उक्लिएका छन् ।
ज्ञानेन्द्रले ३५७ र पारसले ३६२ रेटिङ प्वाइन्ट प्राप्त गरेका छन् । टि-२० वरियताको ब्याटिङतर्फ इङ्ग्ल्यान्डका डेविड मलान शीर्ष स्थानमा कायम छन् ।
बलिङतर्फ ४०५ रेटिङ प्वाइन्ट प्राप्त गरेका सन्दीप ७७ औँ स्थानमा यथावत रहँदा दक्षिण अफ्रिकाका ताबरेज शाम्सी शीर्ष स्थानमा कायम छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।