मासिक २० युनिटसम्म खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत

सरकारले मासिक २० युनिटसम्म खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै विपन्न वर्गका लागि निःशुल्क विद्युत उपलब्ध गराउन सो निर्णय गरेको बताइन् । 

हाल यस्तो सुविधा १० युनिटसम्म मात्रै खपत गर्नेहरूले पाइरहेका छन् । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार थप १० युनिट विद्युत महसुलमा छुट गरिएको हो ।  

सो प्रस्ताव विद्युत नियमन आयोगमा पठाइएको र आयोगले निर्णय गरेको दिनबाट यो महसुलदर लागू हुने मन्त्री भुसालले बताइन् । मन्त्री भुसालले विपन्न स्तरका जनतालाई राहत दिने गरी यस्तो निर्णय भएको बताइन् ।

यसअनुसार महिनामा २० युनिट मात्रै खपत गर्ने ग्राहकले ३० रुपैयाँको डिमान्ड शुल्क मात्रै तिर्दा हुनेछ ।





  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार १९:२५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया