लुम्बिनी सरकारको नेतृत्वमा कांग्रेस-माओवादीबीच आलोपालो सहमति

लुम्बिनी प्रदेश सरकारको नेतृृत्व आलोपालो गर्नेबारे कांग्रेस र माओवादीबीच सहमति भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको राजीनामापछि विपक्षी गठबन्धनका दुई दलबीच यस्तो सहमति भएको हो । 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले नयाँ सरकार गठनका लागि तयारी गरेका छन् । गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले यसअघि नै सरकारमा नजाने तर बाहिरै बसेर समर्थन गर्ने जनाएको छ ।  

प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गरेलगत्तै नेता केसीको नेतृत्वमा नयाँ सरकार बनाउने गठबन्धनले तयारी गरेका छन् । मुख्यमन्त्रीमा माओवादी केन्द्र र कांग्रेसले आलोपालो गर्ने सहमति भएको माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले जानकारी दिए । 

आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार आगामी फागुन २ गतेसम्म माओवादी केन्द्रका संसदीय दलका नेता केसीले नेतृत्व गर्ने र त्यसपछि कांग्रेस दल नेता वीरेन्द्र कनौडियाले नेतृत्व गर्ने सहमति भएको छ । 

केसीको नेतृत्वमा बन्ने सरकारमा तत्काल प्रत्येक दलबाट एक–एकजना मन्त्री हुने र विश्वासको मत लिएपछि विस्तार गर्ने सहमति भएको नेता कनौडियाले बताए । 





  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार २१:५१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया