लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसीको दावी, आजै मन्त्रिमण्डल विस्तार

 लुम्बिनीका प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि गठबन्धनले कुलप्रसाद केसीको नाममा दावी पेस गरेको छ ।  नयाँ सरकारका लागि दावी पेस गर्न प्रदेश प्रमुखले बुधबार २४ घण्टा समयसीमा दिएको थिए । 

बिहीबार बिहान गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचन समक्ष केसीलाई मुख्यमन्त्री बनाउन माग गर्दै दावी पेस गरेको नेकपा माओवादी केन्द्रका सचेतक तुलाराम घर्तीले बताए ।

मुख्यमन्त्रीको नियुक्तिलगत्तै आजै सानो मन्त्रिपरिषद् बनाउने तयारी छ । गठबन्धनमा सहभागी तीनै दलका नेताहरुले दिएको नामावली अनुसार आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको घर्तीले फरकधारलाई जानकारी दिए । 

मुख्यमन्त्रीमा दावी पेस भएका केसी यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा कानुन मन्त्रालयको जिम्मेवारीमा थिए । गत पुस ५ गते केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनी सरकारबाट बाहिरिएका थिए । 





  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार ११:३५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया