तालिबानकाे हातमा अर्को प्रान्तीय राजधानी
गजनीकाे प्रहरी मुख्यालयकाे बाहिर तालिबान

तालिबान चरमपन्थीले अफगानिस्तानको अर्को प्रान्तीय राजधानी कब्जा गरेको छ ।

तालिबानका प्रवक्ता कारी युसुफ अहमदीले गजनीको सरकारी कार्यालय, प्रहरी मुख्यालय, सुरक्षा निर्देशनालय र जेल लगायतका अन्य क्षेत्र कब्जामा पारेको दावी गरेका छन् । 

अफगानी सरकारले भने यस बारेमा केही पनि भनेको छैन ।

तालिबानले केही दिन अगाडि चाँडै नै सिँगै देश आफ्नो पोल्टामा हाल्ने बताएको थियो । 

गजनी राजधानी काबुलबाट १३० किलोमिटर दूरीमा रहेको छ । गजनीसँगै तालिबानले अफगानिस्तानमा १० प्रान्तीय राजधानीमा कब्जामा लिइसकेको छ ।

२० वर्षकाे सैन्य अभियानपछि अमेरिकी सैनिकको फिर्ती भएको छ । फिर्तीसँगै तालिबानको ज्यादती बढ्दै गइरहेको छ । अफगानी सैनिक र तालिबानबीच देशका विभिन्न क्षेत्रमा संघर्ष जारी छ । 



संयुक्त राष्ट्र संघका अनुसार बितेको तीन महिनामा तालिबान र सुरक्षाकर्मीबीच झडप हुँदा एक हजारभन्दा धेरै आमनागरिक मरिसकेका छन् । यसैगरी करिब ढाइ लाख नागरिक विस्थापित भएका छन् । 

तालिबानले युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायको अनुरोधलाई अस्वीकार गरिसकेकाे छ । 



  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार १४:१५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया