श्वेतपत्र बहस : जनार्दन शर्मालाई विष्णु पौडेलले सोधे, अघिल्लो सरकारको काम के हुन्छ ? (पूर्णपाठ)
फाइल तस्बिर

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको श्वेतपत्रमाथि संसदबाटै प्रश्न उठाएका छन् । अर्थमन्त्री शर्माले अघिल्लो सरकारलाई गलत देखाउने उद्देश्यले मात्रै श्वेतपत्र ल्याएको भन्दै पौडेलले प्रश्न उठाएका हुन् । 

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले ल्याएको श्वेतपत्रबारे बोल्दै पौडेलले यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकार गरेका सबै निर्णय खारेज हुने हो भन्ने प्रश्न गरेका हुन् । 

पौडेलले अघिल्लो सरकारले जनमानसका लागि ल्याएका सुविधाका कुरा, पूर्वाधार विकासका काम, शिक्षाको क्षेत्र के हुन्छ ? भन्दै प्रश्न गरेका छन् । उनले सुरक्षा भत्ता के हुन्छ ? भन्दै अर्को प्रश्न गरेका छन् । 

नेपालले कोभिडका लागि निःशुल्क खोप तथा स्वास्थ्य सामग्रीको व्यवस्था गर्नु सजिलो नभएको भन्दै जटिल अवस्थामा पनि आफूहरुले दक्षिण एसियामा भारतपछि सबैभन्दा छिटो कोरोना खोप लगाएको बताए । उनले सोधे, ‘कोभिड महामारीको समयमा पूर्वतयारी भएन भनेर अघिल्लो सरकारलाई आरोप लगाइयो तर के हामीले पूर्वतयारी गरेको थिएनौं ?’

पौडेलले अर्थमन्त्री शर्माले जारी गरेको श्वेतपत्र तथ्यहीन आरोपहरुको संग्रह रहेको बताए । उनले सरकारले ल्याएको श्वेतपत्रले अघिल्लो सरकारको काम कारबाहीको विषयमा गलत तथ्यहरु राखेको आरोप लगाएका हुन् । 

पौडेलले श्वेतपत्रमार्फत अर्थमन्त्री शर्माले महालेखा नियन्त्रक कार्यालय, केन्द्रीय तथ्यांक, नेपाल राष्ट्र बैंकजस्ता सरकारी निकायले ल्याएको तथ्याङ्क खण्डन गरेको बताए । उनले गएको आर्थिक वर्षलाई सामान्य अवस्थाका वर्षसँग तुलना गर्नु नै गलत भएको बताए । 



संसदमा पौडेलले व्यक्त गरेको मन्तव्यको पूर्णपाठ 




 

  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार १६:१८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया