लापरबाही बढ्दै गए पुनः कडा निषेधाज्ञामा जान बाध्य हुने प्रशासनको चेतावनी

काठमाडौं जिल्ला प्रशासन कार्यालयले अहिले आममानिसले लापरबाही गर्न थालेसँगै संक्रमणदर बढ्दै गएकाले निषेधाज्ञा थप गर्नुपरेको जनाएको छ । यसरी लापरबाही बढ्दै गए पुनः कडा निषेधाज्ञामा जान बाध्य हुनेप्रति प्रशासनले सचेत पनि गराएको छ । 

प्रशासनले सर्वसाधारणले मास्क लगाए/नलगाएकोबारे अनुगमनलाई तीव्रता दिएको छ । सरकारले व्यक्तिगत रुपमा मास्क लगाउन प्रोत्साहित गर्न देशैभर ‘तपाईंको मास्क खोइ’ अभियान चलाएसँगै प्रशासन कार्यालयले मास्कको प्रयोगमा अनुगमन गरेको हो । 

काठमाडौंको मुख्य–मुख्य चोकमा बाटोमा हिँड्नेदेखि सार्वजनिक सवारीसाधनमा रहेका व्यक्तिले मास्क लगाए/नलगाएको अनुगमन गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा अनुगमन भइरहेको हो । 

मास्कको प्रयोग उचित ढंगले नगर्ने, गुणस्तरको प्रयोग नगर्ने, सकेसम्म प्रयोग नै नगर्ने चलनले जोखिम बढाएको गुनासो आउन थालेको सहायक प्रजिअ अधिकारीले बताए । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मानिसको भीडभाड हुने सबै क्षेत्रमा निरन्तर अनुगमन गर्ने उनले बताए । 

यससँगै काठमाडौंका तीनवटै जिल्लामा आजदेखि बेलुका ८ बजेपछि अत्यावश्यक सेवाबाहेकका सबैलाई हिँडडुल र आवतजावतमा रोक लगाएको छ ।





  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार १६:३९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया