फिफा वरीयतामा नेपालको ४ स्थान सुधार

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको पुरुष फुटबलको नयाँ वरीयतामा नेपालले ४ स्थान सुधार गरेको छ । 

फिफाले अगस्ट महिनाका लागि बिहीबार निकालेको नयाँ वरीयतामा ९७२ अंक प्राप्त गरेको नेपाल ४ स्थान सुधार गर्दै १६८औँ स्थानमा उक्लिएको हो । 

दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि भारत १०५ र माल्दिभ्स १५८औँ स्थानमा छन् ।

नेपालभन्दा पछि भुटान १८७, बंगलादेश १८८, पाकिस्तान १९८ र श्रीलंका २०५औँ स्थानमा छन् । 

फिफा वरीयतामा बेल्जियम शीर्ष स्थानमा कायम रहँदा ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ ।

फ्रान्स, इंग्ल्यान्ड, इटाली, अर्जेन्टिना, स्पेन, पोर्चुगल, मेक्सिको र अमेरिका क्रमशः तेस्रोदेखि १०औँ स्थानमा छन् । 





  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार १६:४७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया