जबरजस्ती करणी आरोपमा गाउँपालिका अध्यक्ष शुक्ला पक्राउ
सांकेतिक तस्बिर

जबरजस्ती करणीको आरोप लागेपछि रुपन्देही गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । जिल्लाको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला पक्राउ परेका हुन् । 

सोही गाउँपालिकाकी एक महिलाले अध्यक्ष शुक्लाविरुद्ध जबरजस्ती करणी उद्योगको जाहेरी दिएपछि बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

साउन २४ गते बिहान शुक्लाले आफ्नै घरमा बोलाएर महिलालाई जबरजस्ती करणी गरेको जाहेरीमा आरोप लगाइएको छ । अध्यक्ष शुक्ला बिहीबार पक्राउ परेका हुन् । 





  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार १८:२३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया