अस्ट्रेलियाको राजधानी क्यानबेरा एक साताका लागि लकडाउन गरिएको छ । एक जनामा कोरोना संक्रमणको पुष्टि भएपछि लकडाउन गरिएको हो ।
हिजो(बिहीबार) स्थानीय समयअनुसार बेलुका पाँच बजेदेखि लकडाउन जारी भएको छ।
संक्रमित व्यक्ति कसरी भाइरसको चपेटामा आयो भनी अधिकारीहरूले बुझ्न सकेका छैनन् । क्यानबेरामा करिब चार लाख जनसंख्या रहेको छ ।
अत्यावश्यक कामबाहेक नागरिक घरबाट बाहिर निस्कन पाउने छैनन् ।
अस्ट्रेलिया अत्यधिक संक्रामक डेल्ट्रा स्ट्रेनसँग जुध्न संघर्ष गरिरहेको छ । संक्रमण रोक्नका लागि अस्ट्रेलियाले दुई ठूला सहर सिड्नी र मेलबर्नमा पहिलै नै लकडाउन गरिसकेको छ ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार अस्ट्रेलियामा हालसम्म ३७ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको छ भने ९४७ जना संक्रमितले ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।