कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६५ हजार ८६९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।
वैशाख ६ गतेदेखि हालसम्म जम्मा ७ लाख ४ हजार ३७६ जनालाई नि:शुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएकाे छ ।
काेराेनाकाे नयाँ भेरियन्टकाे संक्रमण बढ्दै गएकाले यसबाट सिर्जना हुनसक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रूपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिरहेको छ ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने २५७ जनालाई २५ हजार ७०० रुपैयाँ जरिवाना गरिएको छ ।
सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ११ हजार ८९७ जनालाई रोकी सम्झाई बुझाई गरी छाडिएको छ । साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चा पम्प्लेट सहितको २९९ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ५८ हजार २८२ जनालाई सचेत गराइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।