बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु

बाँकेमा दुई जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका दुवै जनाकाे मृत्यु भएकाे हाे । 

मृत्यु हुनेहरूमा बाँकेकाे कोहलपुर नगरपालिका-८ का ४३ वर्षीय पुरुष र कैलालीकाे टिकापुर नगरपालिका-८ का ४५ वर्षीया महिला रहेका छन् । 

कोहलपुरका पुरुषकाे गए राति १:३० बजे मृत्यु भएकाे हाे । उनलाई साउन २१ गते भर्ना गरिएकाे थियाे । भर्ना भएकाे भाेलिपल्टै उनमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

यसैगरी टिकापुरकी महिलाकाे आज बिहान ४ बजे मृत्यु भएकाे भेरी अस्पतालले जनाएकाे छ । साउन २० गते भर्ना गरेकै दिन उनमा संक्रमण पुष्टि भएकाे थियाे।

कोरोनाबाट हालसम्म बाँकेमा ७११ जना संक्रमितकाे ज्यान गइसकेकाे छ । जसमध्ये जिल्लाका ३२४ जना र बाहिरी जिल्लाका ३८७ जना रहेका छन् ।





  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार १०:४५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया