अफगानिस्तानको दोस्रो ठूलो सहर कन्धार कब्जा गरेको तालिबानको दाबी

तालिबानले अफगानिस्तानको दोस्रो सबैभन्दा ठूलो सहर कन्धारमा कब्जा जमाएको दाबी गरेको छ । ​

तालिबानका एक प्रवक्ताले कन्धार पूर्ण रूपले कब्जामा लिएको घोषणा गरेका छन्। यद्यपि अझै यस कुराको पुष्टि भएको छैन । 

कन्धार सहर प्रमुख व्यापारिक केन्द्रमध्ये एकमा गनिन्छ । कुनै समयमा यो सहर तालिबानको पकड क्षेत्रकाे रूपमा चिनिन्थ्यो । 

तीव्र गतिमा अगाडि बढिरहेको तालिबानले बिहीबार गजनी र हेरातजस्ता सहरमा कब्जा जमाइसकेको छ । 

तालिबानले केही समय अगाडि चाँडै नै सिँगै देश आफ्नो पोल्टामा हाल्ने बताएको थियो । 

२० वर्षकाे सैन्य अभियानपछि अमेरिकी सैनिकको फिर्ती भएको छ । फिर्तीसँगै तालिबानको ज्यादती बढ्दै गइरहेको छ । अफगानी सैनिक र तालिबानबीच देशका विभिन्न क्षेत्रमा संघर्ष जारी छ । 



संयुक्त राष्ट्र संघका अनुसार बितेको तीन महिनामा तालिबान र सुरक्षाकर्मीबीच झडप हुँदा एक हजारभन्दा धेरै आमनागरिक मरिसकेका छन् । यसैगरी करिब ढाइ लाख नागरिक विस्थापित भएका छन् ।

तालिबानले युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायको अनुरोधलाई अस्वीकार गरिसकेकाे छ । 
 



  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार ११:२३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया