बेल्जियमका फरवार्ड रोमेलु लुकाकु सात वर्षपछि पुनः चेल्सीमा फर्किएका छन् । उनी इंग्लिस क्लब चेल्सीमा बिहीबार आवद्ध भएका हुन् ।
चेल्सीले इटालियन क्लब इन्टर मिलानबाट क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउण्डमा लुकाकुलाई अनुबन्ध गरेको हो ।
लुकाकुले २०१४ मा चेल्सीको सिनियर टोलीबाट १५ खेल खेलेका थिए । २०१४ मा नै उनी चेल्सीबाट एभर्टनमा अनुबन्ध भएका थिए । एभर्टनमा उनले १६६ खेलमा ८७ गाेल गरे ।
सन् २०१७ मा म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका लुकाकुले युनाइटेडका लागि ९६ खेलमा ४२ गाेल गरे ।
लुकाकु सन् २०१९ मा इन्टर मिलानमा अनुबन्ध भएका थिए । उनले मिलानका लागि गत सिजन २४ गाेल गरेका थिए । उनले इन्टरलाई ११ वर्षपछि लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरे ।
२८ वर्षीय लुकाकुले बेल्जियमका लागि ९८ खेलमा ६४ गोल गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।