भाजपा नेताको घरमा ग्रेनेड हमला, एक जनाको मृत्यु

जम्मू कस्मिरको राजौरी जिल्लाको भारतीय जनता पार्टी(भाजपा)का नेता जसवीर सिंहको घरमा ग्रेनेड हमला भएको छ । 

हमलामा परी सिंहको भतिजको मृत्यु भएको छ भने परिवारका अन्य सात मानिस गम्भीर घाइते भएका छन् । 

स्थानीय प्रहरीका अनुसार बिहीबार राति करिब ९ः३० बजे ग्रेनेड हमला भएको थियो । प्रारम्भिक अनुसन्धानमा प्रहरीले घटनास्थलबाट ग्रेनेडको पिन बरामद गरेको थियो । 

राजौरी मेडिकल कलेज अस्पतालमा उपचार गराइरहेका जयवीरले हमलाको समयमा पूरा परिवार बरन्डामा बसिरहेको बताएका छन् ।

प्रहरीले घाइते भएकाहरूलाई स्थानीय मानिसको सहयोगमा राजौरी मेडिकल कलेजमा पुर्‍याएकाे थियो ।

 





  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार १३:२८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया