मातृकाले ओलीबारे गरेकाे टिप्पणी संसद रेकर्डबाट हटाउन सभामुखको रुलिङ

सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संसदमा गरेको टिप्पणी रेकर्डबाट हटाउन सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख सापकोटाले एमाले अध्यक्ष ओलीको स्वास्थ्यका विषयमा सांसद यादवले गरेको टिप्पणी संसदको रेकर्डबाट हटाउनका लागि रुलिङ गरेका हुन् । 

एमालेले आजको बैठक सुरु भएलगत्तै यादवको अभिव्यक्ति हटाउन माग गर्दै आपत्ति जनाएपछि सभामुखले रुलिङ गरेका हुन् । यादवले बोलेका शब्द संसदीय मर्यादा र नियमावलीविपरीत रहेको भन्दै संसदको रेकर्डबाट हटाउन सभामुख सापकोटाले सचिवालयलाई निर्देशन दिएका हुन् ।

बिहीबारको संसद बैठकमा ओलीकै क्याबिनेटमा मन्त्री रहेका यादवले ओलीको मानसिक स्वास्थ्यको विषयमा प्रश्न उठाउँदै टिप्पणी गरेका थिए । उनले ओली मानसिक रुपमा अस्वस्थ रहेको भन्दै राजीनामा दिएर सदनमा नआउन भनेका थिए । 





  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार १३:४०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया