त्रिकोणात्मक सिरिज सेप्टेम्बरमा हुने पक्का

नेपालले ओमानमा खेल्ने त्रिकोणात्मक एक दिवसीय सिरिजको मिति तय भएको छ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान र अमेरिका बीचको खेल सेप्टेम्बर १३ देखि २० सम्म हुनेछ । 

टाइम्स अफ ओमानका अनुसार ओमान क्रिकेट बोर्डका मुख्य विकास अधिकृत दुलिप मेन्डिसले सिरिजको मितिबारे जानकारी गराएका हुन् । 

नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्नुअघि पपुवा न्युगिनसिँग दुई खेलको एकदिवसीय सिरिज खेल्ने बताइएकाे छ । यस सिरिजको भने मिति निर्धारण भइसकेको छैन । 

विश्वकप लिग-२ को पुरानो खेल तालिका अनुसार नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक एक दिवसिय सिरिज मार्चको १९ देखि २८ तारिखसम्म खेल्ने तालिका रहेको थियो । कोभिडका कारण गत फेब्रुवरीमा यो सिरिज स्थगित गरिएको थियो । 
 





  • प्रकाशित मिति : साउन २९, २०७८ शुक्रबार १४:१४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया